निमा रुम्बाको नयाँ गीत ‘पागल प्रेमी–२ क्रेजी लभर’ रिलिज

काठमाडौ । लामो समयको विश्रामपछि पपगायक निमा रुम्बा गायनमा फर्किनु भएको छ । ‘मिस् क्याटवाक’, ‘हुरी बतास’, ‘आऊ आऊ न’, ‘प्रिति बस्यो’, ‘साझमा पनि’, ‘मेरी प्रियसी’ जस्ता लोकप्रिय गीतका गायक निमा नयाँ गीत ‘पागल प्रेमी–२ क्रेजी लभर’ लिएर श्रोता तथा दर्शकमाझ आउनु भएको छ । गीतमा निमाकै शब्द, संगीत र स्वर रहेको छ ।

अमेरिकामा खिचिएको उक्त गीतको भिडियोमा निमा रुम्बाको मुख्य भुमिका रहेको छ । उहाँको साथमा ‘मिस युनिभर्स नेपाल २०२१’ की विजेता अंशिका शर्मा र ‘मिस्टर यूएसए’ तथा दुईपटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहलको पनि अभिनय रहेको छ । भिडियोमा अण्डरकभर मिशनमा रहेका जासुस कथा समेटिएको छ ।

आशिष श्रेष्ठ निर्देशित भिडियोमा पटकथा र सम्पादन पनि उहाँकै छ । भिडियो युवा फिल्म्स र आहा प्रोडक्सनले तयार पारेको हो । भिडियोका सह–निर्माता उज्ज्वल सिंह हुन् ।

Back to top button