सुरेश वाग्लेको गजल ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक

काठमाडौ । गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यो तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिदै समयानुसार तयार गरेर सार्वजनिक भएको छ।

वाग्लेले उक्त गजललाई २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराउनु भएको हो । यसमा स्वर र संगीत शिव परियारको रहेको छ ।

यही गीत गाएर २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम हुनुभएको थिया ।

गजलको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ । भिडियोमा निकेश खड्काको निर्देशन छ ।

बुद्ध लामाको छायांकन रहेको उक्त भिडियो नेपाली वेबसाइटको अफिसियल युट्युबबाट सार्वजनिक भएको छ ।

Back to top button