जनवरी ७ मा भन्साली र राजामौलीकोे भीडन्त

काठमाडौं । सन् २०२२ को पहिलो साता बलिउडमा अहिलेसम्मकै ठूलो बक्सअफिस आमनेसामने हुने भएको छ ।

उक्त भीडन्त एसएस राजामौली र संजयलीला भन्साली विच हुनेछ । भारतीय संचारमाध्यमका अनुसार जनवरी ७ मा गांगुबाइ कटीवाली र आरआरआर प्रदर्शन निश्चित भएका छन् ।

संयोगवश यी दुबै फिल्ममा अजय देवगण र आलिया भाटको मुख्य भूमिका रहेको छ । यी दुई फिल्मसँग सोही मितिमा जयन्ती लाल गेंडा समेत प्रदर्शन हुने भएको छ ।

कात्तिक ६ गतेदेखि मुम्बईका फिल्म हलहरु खुल्ने भएपछि अहिले बलिउडमा फिल्म प्रदर्शनको मिति घोषणाको वर्षा भएको छ । कात्तिक ६ गते अक्षयकुमारको मुख्य भुमिकामा रहेको सूर्यवंशी प्रदर्शन हुनेछ ।

Back to top button