कार्तिक १७ गतेदेखि फिल्म ‘चोर र पुलिस’ देशभरका हलमा

काठमाडौ । तिहारको अवसर पारेर आगामी कार्तिक १७ गतेदेखि फिल्म ‘चोर र पुलिस’ देशभरका हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म निर्माण समूहले शुक्रबार म्यूजिक नेपालको युट्युब च्यानलबाट फिल्मको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

आरएल मोक्तानको निर्देशनमा बनेको फिल्ममा धीरेन शाक्य, राजेन्द्र खड्गी, बुद्धी तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवी गिरी, शेभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर ‘इकु’, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राई ‘भाले डन’लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको निर्मातामा आर सोनाम मोक्तान र लंकामाया मोक्तानले गर्नुभएको हो । करणबहादुर विष्ट सह–निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन् भने जीवन लामा कार्यकारी निर्माता छन् ।

रामेश्वर हुमागाईको छायांकन रहेको फिल्मका गीतमा विकास चौधरीको संगीत रहेको छ । तारा थापा ‘किम्भे’ ले सम्पादन गर्नुभएको फिल्ममा राजु किराँतीको द्वन्द्व रहेको छ । निर्देशक आरएलले फिल्मले मान्छे किन चोर बन्छ, समाजले चोरलाई कसरी हेर्छलगायतको कथाबस्तुलाई देखाउने बताउनु भयो ।

Back to top button