टिकटक बनाउनेभन्दै सुनको सिक्री लुटेको आरोपमा २ युवती पक्राउ

काठमाडौ । टिकटक बनाउन भन्दै सुनको सिक्री लुटेको आरोपमा २ युवतीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने यूनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङ रहेको अपराध महाशाखाले जनाएको छ ।

दोलखा मेलुङ गाउँपालिका–४ का एक पुरुषलाई एयरपोर्ट बोलाएर त्यहाँबाट ट्याक्सीमा ललितपुरको चापागाउँ नजिकै खाजा पसलमा लगेर टिकटक बनाउन यूनिसाले ३७.५ ग्रामको सुन मागेको खुलेको अपराध महाशाखाले जनाएको छ ।

त्यसपछि सुनिताले भित्र आफ्नो मोबाइल भिडियो खिच्न राखेर बाहिरबाट ढोका लगाई ती पुरुषलाई ब्ल्याकमेलिङ गरेर सुन लुटेको भन्दै महाशाखाले पक्राउ गरेको हो ।

Back to top button