बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
आज  दिउँसो  खैरहनी नगरपालिका वडा नम्बर १३ कुमरोज सामुदायिक वनमा बाघले आक्रमण गर्दा २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सो खबर पाएपछि आठ वटा हात्तीसहित प्रहरी र सेनाको टोली खटिएको थियो। आक्रमण गरेको स्थानभन्दा एक सय मिटर टाढा झाडीमा शव फेला परेको छ।

Back to top button