यम बरालको स्वरमा रहेको ‘खुशीको गीत’

काठमाडौं । गायक यम बरालको स्वर, विरेन्द्र कुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीतमा तयार भएको ‘खुशीको गीत’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतको भिडियोलाई संचारकर्मी कुमार आचार्यले निर्देशन गर्नुभएको हो । बुढासुब्बा डिजिटलको युट्युबबाट सार्वजनिक भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीको अभिनय रहेको छ ।
भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।

Back to top button