फिल्म निर्माता महेश माञ्जरेकर क्यान्सरमुक्त

काठमाडौं । प्रख्यात अभिनेता एवं फिल्म निर्माता महेश माञ्जरेकर क्यान्सरमुक्त हुनु भएको छ । केही समयअघि क्यान्सरबाट पीडित महेश दुई महिनापछि क्यान्सरमुक्त हुनु भएको हो ।

दुई महिना अघि उहाँको सर्जरी गरिएको थियो । उक्त सर्जरी मुम्बईको एचएन रिलायन्स फाउण्डेसन अस्पतालमा गरिएको थियो । सर्जरीपछि उहाँ केही समय अस्पतालमा नै बस्नु भएको हो ।

उहाँले आफूलाई क्यान्सरको बारेमा थाहा पाउँदा डर नलागेको र ‘धेरै मानिसहरु जसलाई क्यान्सर भएको छ, उनीहरु लड्छन र जिन्दगी जिउछन् । त्यसकारण यसले मलाई ठूलो समस्या दिएन । मेरो टिमले मेरो स्याहार गरिरहेको थियो । त्यसकारण मलाई कुनै समस्या आएन’, उहाँले भन्नु भएको हो।

महेशले सन् १९९२ मा रिलिज मराठी फिल्म ‘जीवा सखा’बाट आफ्नो करियर सुरु गर्नुभएको हो । उहाँले मराठीका अलावा कैयौं हिन्दी फिल्ममा काम गर्नुभएको छ । उहाँ ‘प्लान’, ‘जिन्दा’, ‘मुसाफिर’, ‘काँटे’, ‘दस कहानियाँ’, ‘वान्टेड’, ‘रेडी’ र ‘दबंग’ जस्ता फिल्ममा अभिनय गर्नुभएको छ।

उहाँले ‘आई’, ‘वास्तव’, ‘निदान’ र ‘विरुद्ध’ जस्ता फिल्मको निर्देशन पनि गर्नुभएको छ ।

Back to top button