धर्म परिवर्तन गरेर हिन्दू बन्दै इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी

काठमाडौं । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले मुस्लिम धर्म परिवर्तन गरेर हिन्दू बन्नु भएको छ ।

मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेजमा आयोजित एक कार्यक्रमबीच कर्मकाण्ड गरी हिन्दू धर्ममा प्रवेश गर्नुभएको हो । उहाँलाई हिन्दू बन्न तत्कालिन हजुरआमा इडा आयु नोम्यान राई स्रिम्बेनको मुख्य प्रभाव रहेको सीएनएनले जनाएको छ ।

सुकमावतीलाई हिन्दू धर्मबारे पर्याप्त ज्ञान भएको उहाँका वकिले बताउनु भएको हो । उहाँ हिन्दू धर्मका आदर्श र सिद्धान्तबारे पनि उत्तिकै सचेत रहेको बताइन्छ।

Back to top button