मध्य भोटेकोशीको आइपिओ बाँडफाँट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको आइपिओ बाँडफाँट गरेको छ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो।

कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २सय १८ ले आवेदन दिएका थिए।

आवेदन दिएकामध्य ९५ हजार ७ सय २२ को आवेदन रद्द भएको र बाँकी २२ लाख ९४ हजार ४९६ योग्य आवेदकमध्ये आठ लाख १९ हजारलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

Back to top button