सुजिता बस्नेतलाई मिस युनिभर्स नेपाल २०२१’को उपाधि

काठमाडौ । ‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत बन्नु भएको छ। १५ प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि उचाल्नुभएको हो । उहाँले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल हनु भयो।

राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो । प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली रहनु भएको थियो ।

Back to top button