रियालिटी शो ‘द भ्वाइस किड्स’ २६ कात्तिकबाट प्रशारण

काठमाडौं ।बालबालिका केन्द्रीत रियालिटी शो ‘द भ्वाइस किड्स’ २६ कात्तिकबाट प्रशारण हुने भएको छ । ६ बर्षदेखि १४ वर्षसम्मका बालबालिकाको सहभागिता रहने प्रतियोगिता हिमालय टीभी एचडीबाट प्रसारण हुन लागेको हो ।

उक्त शोको ‘ब्लाइन्ड अडिसन’ को छायाङ्कन भइसकेको छ । २० भाग प्रशारण हुने शो को ‘ब्लाइन्ड अडिसन’ पछि ब्याटल राउन्ड हुनेछ। अहिले ब्याटल राउन्डको छायाङ्कन भैरहेको निर्माण युनिटले जनाएको छ । उक्तशोलाई लक्ष्मण पौडेलले निर्देशन गर्नुभएको छ ।

आफुहरुले बालबालिकाको गायन क्षमतासँगै उहाँहरुको विभिन्न हाउभाउ र शैलीलाई पनि शोमा ध्यान दिने पौडेलले बताउनु भएको छ । उक्त शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार, प्रविशा अधिकारी कोचको रुपमा रहनुभएको छ ।

Back to top button