फिल्म ‘ओभर डोज’ १७ मंसिरबाट प्रदर्शनमा आउने

काठमाडौं । फिल्म ‘ओभर डोज’ आगामि १७ मंसिरबाट प्रदर्शनमा आउने भएको छ । तिहारलाई लक्षित पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै रिलिज मिति पनि तोकेको छ ।

अमेरिकामै सम्पूर्ण छायांकन भएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म सुमन पौडेलले निर्देशन गर्नुभएको हो ।

प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको फिल्म जीवन कुमार केसीले निर्माण गर्नुभएको हो।

फिल्म युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण भएको निर्माता जीवन कुमार केसीले बताउनु भयो। ‘दर्शक हाम्रो भगवान हुन् । उहाँहरुको रुचि फिल्म निर्माणको क्रममा ध्यान दिइएको छ’ निर्माता केसीले भन्नु भयो ‘फिल्म सबैले रुचाउँने छन् ।’ ‘ओभर डोज’ रिलिजको अर्को उदेश्य फिल्म क्षेत्र चलायमान गराउनु समेत रहेको निर्माता केसीले बताउनु भयो ।

Back to top button