हरर फिल्म ‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक

काठमाडौं । सुवर्ण थापा र उषा रजकको मुख्य भूमिका रहेको फिल्म ‘कठ्पुतली’को मोसन पोस्टर लन्च भएको छ । ‘हलोविन’को अवसर पारेर मंगलबार निर्माण टिमले सार्वजनिक गरेको मोशन पोस्टरको ब्याकग्राउन्ड स्कोरले थ्रिल गराउने किसिमको छ । पृष्ठभूमिमा एक महिलाको चर्को र डरलाग्दो आवाज सुन्न सकिन्छ ।

निर्माण टिमले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको छैन । भीमसेन लामाको निर्देशन रहेको फिल्म पुस–माघसम्म प्रदर्शन गर्ने तयारी गरिएको निर्माता पृथ्वी राना मगरले बताउनु भयो । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको कठपुतली अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाले बताउनु भएको हो ।

लन्डन स्टूडियोमा भएको फिल्मको पोस्टप्रोडक्सन आकर्षक देखिन्छ । गौरी मल्ल, मिथिला शर्मा, कार्मा, शिल्पा मास्के लगाएत कलाकारहरुको अभिनय रहेको छ । ।

Back to top button