नेपाल प्रेसमा कलाकारले खेले देउसी

काठमाडौं । आजदेखि तिहार यमपञ्चक सुरु भएको छ । आज कागतिहार र कुकुरतिहार मनाइँदैछ । पाँचदिनसम्म हर्षोल्लासपूर्वक मनाइने तिहारको प्रमुख आकर्षण नाचगान र देउसीभैलो पनि हो ।

तिहारको अवसरमा नेपाल प्रेसले हिजो बेलुका आफ्नो कार्यालय परिसरमा देउसीभैलो कार्यक्रमको आयोजना गर्‍यो । लोकदोहोरी गायक बद्री पँगेनी र शीला आलेले देउसी–दोहोरी पनि प्रस्तुत गर्नुभयो ।

पछिल्लो छिमलका कलाकारहरु युवराज चौलागाइँ, डिजराज पौडेल, अनिता चलाउनेले गायकी प्रस्तुत गर्नुभयो। कमेडियन राजा राजेन्द्रले पनि हाँस्यव्यंग्य प्रस्तुति राख्नु भयो । नेपाल प्रेस आज बेलुका सात बजे आफ्ना सामाजिक संजालमार्फत देउसीभैलो कार्यक्रम प्रिमियर गर्ने भएको छ ।

Back to top button