पाकिस्तानलाई चीनद्धारा अत्याधुनिक युद्धपोत प्रदान

पाकिस्तानलाई चीनले अहिलेसम्मको सबैभन्दा ठूलो र उन्नत युद्धपोत प्रदान गरेको छ । यसलाई चीन र पाकिस्तानको गहिरिँदो सैन्य सहयोगको उदाहरणको रूपमा हेरिएको छ ।

चिनियाँ सरकारी मिडियाले पनि यसलाई दुई देशबीचको सम्बन्धमा एउटा ठूलो उपलब्ध भएको बताएको छ । सो युद्धपोतको निर्माण चीनको स्टेट सिप बिल्डिङ कर्पोरेशनले लिमिटेडले गरेको हो ।

कम्पनीले आफ्नो विज्ञप्तिमा यस युद्धपोतलाई चीनको सांघाई सहरमा आयोजित एक समारोहबीच पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरिएको जनाएको छ । चीनले यस्तै अन्य चारवटा युद्धपोत पाकिस्तानी नौसेनाको लागि तयार गरिरहेको छ ।

यो जहाजलाई प्राविधिकरुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ । यस युद्धपोतमा निगरानीको व्यापक क्षमताका साथै जमिनदेखि जमिन, जमिनदेखि आकाश र पानीभित्र मिसाइल हान्न सक्ने क्षमता रहेको बताइएको छ ।

यो अत्याधुनिक हतियार र सेन्सरको मिलन हो । यसलाई पहिलोपटक सन् २००८ मा चीनको नौसेनामा सामेल गरिएको थियो ।

Back to top button