कमेडी च्याम्पियनमा उपविजेता विक्की अग्रवाललाई मातृशोक

काठमाडौं । चर्चित टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपविजेता विक्की अग्रवालकी आमा दुर्गा थापामगरको काठमाडौंमा आकस्मिक निधन भएको छ । उहाँको आमाको सोमबार काठमाडौंमा निधन भएको हो ।

उहाँको आमालाई मधुमेह र कम रक्तचापको समस्या थियो । उहाँ छोरालाई भेट्नकै लागि सिक्किमबाट भाइटीकाको अघिल्लो दिन काठमाडौं आइपुग्नु भएको थियो

‘सोमबार आमालाई कोठामा छोडेर बाहिर निस्किनु भएको विक्कीले फर्किंदा आमालाई अचेत अवस्थामा भेटनु भएको थियो । आमालाई बेहोस अवस्थामा देखेपछि मेडिकेयर अस्पतालमा डाक्टरले मृत घोषणा गर्नुभएको हो।

दुर्गाको निधनको खबर थाहा पाएपछि विक्कीका बुवा र दाजु सिक्किमबाट मंगलबार काठमाडौं आइपुग्नु भएको छ । उहाँहरुले दुर्गाको शवलाई दाहसंस्कार गर्न सिक्किम लिएर जानुभएको छ ।

Back to top button