डिएसपी तिम्सिनाको निधन

सप्तरी । प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उहाँको आज विहान निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दसैँअघि बिरामी हुनुभएका तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको थियो । यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना हुनुभएको थियो ।

उहाँको स्वास्थ्य क्रमिक रुपमा जटिल बन्दै गएपनि हेलिकोप्टर मार्फत नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएको थियो । तम्सिना इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत हुनुहुन्थ्यो ।

Back to top button