‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली फिल्म प्रदर्शन हुने

काठमाडौं । नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज कलेज अफ फिल्म स्टडिज ले चलचित्र विकास बोर्डसँग सहकार्य गर्दै दुई दिवसिय फिल्म फेस्टिभल गर्ने भएको छ । कलेजले आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल गर्न लागेको हो ।

कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको बताउनु भयो । महामारीका कारण मृतप्रायः रहेको उद्योगलाई गतिशील बनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया पाएका थियौँ,’ उहाँले भन्नु भयो, ‘ त्यही प्रतिक्रियाले उत्साहित भएर यो साल पनि निरन्तरता दिएका हौँ ।’

Back to top button