२ सय बढी मारवाडीहरू एमालेमा प्रवेश

विराटनगर । विराटनगरका २ सय जना भन्दा बढी मारवाडीहरू एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले निकट प्रस्तावित नेपाल मारवाडी युवा सङ्गठनले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमका मारवाडी समुदायका अगुवा सहित २ सय जना भन्दा बढी एमालेमा प्रवेश गरेका हुन ।
 कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरिरहेका महिला तथा युवाहरूले एमालेको नीतिले नै देश संवृद्ध हुने देखिएकाले एमाले प्रवेश गरेको बताएका छन् । कार्यक्रममा बोल्दै एमाले जिल्ला अध्यक्ष ऋषि केश पोखरेलले एमाले समानता, समावेशिता र देशको संम्वृद्धिको लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले  मारवाडी समुदाय राजनीतिमा  आउनु राम्रो भएको बताउनु भएको छ । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव पर्शुराम बस्नेत, युवा सङ्घका नेता मुकेश बुढाथोकी तथा मारवाडी समुदायका अगुवा नेताहरू राजेश अग्रवाल, तुलसी गोल ,मनोज अग्रवाल लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Back to top button