‘प्रेमगीत ३’ आगामी फागुन १३ बाट प्रदर्शनमा आउने

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ आगामी फागुन १३ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दुई वर्ष अघि चैत्र २८ गते रिलिजको तयारीमा रहँदा कोभिड महामारीका कारण सरेको फिल्मले यसै वर्षको फागुन १३ गतेलाई नयाँ रिलिज मिति तोकेको हो ।

फिल्मका निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी फागुन १३ गते फिल्म रिलिज हुने जानकारी दिनुभएको हो । ‘हजुरहरुको लागि एउटा ठूलो चुनौति मोलेर एउटा यस्तो कम गर्ने हिम्मत जुटाएका थियौं । कोरना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेखि भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौं । अन्तत फागुन १३ गते हजुरहरुलाई सुम्पने निर्णय लिएका छौं । केही दिनमा ट्रेलरसहित प्रमोशनमा हजुरहरु माझ आउनेछौं’, सेनले लेख्नु भएको हो।

Back to top button