२ सय करोड ठगी केसमा ज्याकलिन, विदेश जान रोक

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई प्रहरीले देश छोडेर बाहिर जान रोक लगाएको छ।

यस्तै २ सय करोड ठगीको आरोपित सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकलिनलाई आज मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको हो।

भारतीय सञ्चार माध्यमका अनुसार उहाँ सलमान खानको ‘द–बैंग टुर’का लागि साउदी रियाद उड्ने तयारीमा हुनुहुन्थयो । केही समयअघि आरोपित चन्द्रशेखरसँगको फोटो सार्वजनिक भएपछि ज्याकलिन यो केसमा पर्नुभएको थियो ।

ज्याकलिन पनि प्रत्यक्ष रूपमा ठगीमा संलग्न भएको हुन सक्ने शंका प्रहरीले गरेको छ। यो विषयमा उहाँले भने केही भन्नुभएको छैन । मिस युनिभर्स श्रीलंकासमेत रहनुभएकी ज्याकलिन सन् २००९ मा प्रदर्शन भएको फिल्म अलादिनुबाट बलिउडमा प्रवेश गर्नुभएको थियो ।

Back to top button