
काठमाडौं । बालबालिकालाई पुस ४ गतेबाट विद्यालयमै कोरोना विरुद्धको खोपल गाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खोप लगाउने जानकारी दिनुभयो ।
उहाँका अनुसार १२ देखि १८ उमेर समूहका सबै बालबालिकाहरूलाई पुस १४ गतेसम्म मोडर्ना खोप लगाउने सरकारको लक्ष्य छ। ‘बालबालिकालाई सहज होस् भनी जिल्लाको उपयुक्त हुने विद्यालयलाई खोप केन्द्र तोकिएको छ,त्यहीँबाट उनीहरूलाई खोप लगाइन्छ ।
सरकारले अमेरिकाबाट ३६ लाख ५१ हजार ६ सय डोज मोडर्ना खोप नेपालमा ल्याइसकेको छ।