यसकारण हटाइयो ‘पुष्पा’बाट अल्लूको न्यूड दृश्य

काठमाडौं । दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । यस फिल्मले ‘दिन दुई गुना रात चौगुना’ हिसाबले बक्स अफिसमा कमाई गरिरहेको छ ।

निर्देशक सुकुमारको निर्देशनमा बनेको यो फिल्म दक्षिण भारतमा मात्र नभई हिन्दी भाषाका दर्शकले पनि उत्तिकै मन पराइरहेका छन् । फिल्ममा अल्लूको अभिनयले सवैबलाई आकर्षित गरिरहेको छ ।

हालैमात्र निर्देशक सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यका बारेमा मिडियासँग कुराकानी गर्नुभएको थियो । सुकुमारले यस फिल्मको क्लाइमेक्स दृश्यमा अल्लु र फहाद फासिललाई देखाउन चाहानुृहुन्थ्यो ।

तर दर्शकको भावनालाई ध्यानमा राख्दै उहाँले क्लाइमेक्स दृश्यमा ट्वीस्ट ल्याइएको बताउनुभयो । यस फिल्मको वास्तविक सटमा अल्लू र फहाद क्लाइमेक्स दृश्यका लागि न्यूड थिए ।

तर तेलुगू दर्शकका लागि न्युड दृश्य केही बढी नै भएको महशुष गर्दै त्यसलाई हटाइएको हो । त्यसको बदलामा फिल्ममा कैयौँ यस्ता दृश्य छन् जुन दृश्य दर्शकलाई वास्तविक लाग्ने निर्देशक सुकुमारले बताउनुभएको छ ।

यस्तै रश्मिका र अल्लूको अर्को दृश्य पनि थियो त्यसमा पनि दर्शकको निकै खराब प्रतिक्रिया आएको थियो ।

Back to top button