भारतमा २४ घण्टाभित्रै थपिए ९० हजार भन्दा बढी संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। पछिल्लो २४ घण्टामा ९० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक दिनमै ९० हजार ९२८ जनामा संक्रमण पुष्टि भएको र ३२५ जनाको ज्यान गएको हो । यस्तै, अघिल्लो दिनको तुलनामा हिजो भारतमा ३० हजार भन्दा बढी संक्रमित थपिएका हुन् । गतमंगलबार थपिने संक्रमितको संख्या ५८ हजार ९७ थियो ।

भारतमा सक्रिय संक्रमितको संख्या अहिले दुई लाख ८५ हजार भन्दा बढी छ । कुल संक्रमितको संख्या ३ करोड ५० लाख भन्दा माथि पुगेको हो ।

Back to top button