फिल्म ‘म’ को छायाङ्कन सकियो

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहेको ‘म’ को छायाङ्कन सकिएको छ ।

निर्माण युनिटले फ्लोरमा निस्किएको २६ औं दिनमा फिल्म सकिएको जानकारी दिएको छ । सुवर्ण थापा निर्देशक रहेको फिल्ममा निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, नरेन खड्का, सरोज खनाल लगायतको मुख्य भूमिका रहेको छ ।

यस फिल्मका निर्माता विमला हुमागाईं र पदम पुरी हुनुहुन्छ । तेञ्जिङ्ग पाल्देनको छायाङ्कन, बनिष शाहको सम्पादन रहने फिल्म प्रकाश पुरीले लेख्नुभएको हो । फिल्मको कथावस्तु निर्माण युनिटले अहिले गोप्य राखेको छ ।

Back to top button