फिल्मको प्रचारका लागि हल–हल पुग्दै पल र पूजा

काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यसका कलाकार पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ क्रेजी अहिले हल–हलमा पुगिरहनुभएको छ ।

अक्सर निर्माण युनिट फिल्म रिलिज भएपछि हलमा पुग्ने गर्दछन् । तर यो युनिट भने अहिले प्रदर्शन अगाडि नै हल हलमा पुग्न थालेका छन् । दर्शकसँग प्रत्यक्ष साक्षात्कार र फिल्मको प्रचारका लागि आफूहरु हल हलमा पुगिरहेको निर्देशक सुदर्शन थापाले बताउनुभयो ।

यस्तै, फिल्म युनिटले हलमा पुगेर दर्शकसँग साक्षात्कारको हलका कर्मचारी, म्यानेजरसँग फिल्मको ब्यवसायको बिषयमा समेत चर्चा गर्र्ने गरेका छन् ।

युनिट काठमाडौंका मुख्य हलहरु क्यूएफएक्स सिभिल, छायाँ सेन्टर, बीग मुभिज, एफक्यूब लगायतका हल पुगिसकेका छन् । तेश्रो चरणको कोरोना महामारीपछि रिलिज हुन लागेको ‘म यस्तो गीत गाउँछु २’ फ्रेस फिल्म हो । फिल्म सांगीतिक प्रेम कथामा निर्माण भएको छ ।

Back to top button