‘बर एन्ड बधु’ मा भित्रिनुभयो विजय लामा

काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘बर एन्ड बधु’ को मुख्य भुमिकाको लागि कलाकार विजय लामा भित्रिनुभएको छ । फिल्मको मुख्य भुमिकामा लामा छनौट हुनुभएको निर्देशक चाम्सले सामाजिक संजाल मार्फत जानकारी गराउनुभएको छ ।

चाम्सले फेसबुकमा एक तस्बिर पोस्ट गर्दै लेख्नुभएको छ, ‘बरिष्ठ कलाकार विजय लामासँगको सहकार्य ‘बोबी’, ‘गोर्खा वारियर २’ हुँदै ‘बर एन्ड बधु’ सम्म ।’ चाम्सले लामासँग आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने जनाउनुभएको छ ।

‘बर एन्ड बधु’ मा यस अगाडि मुख्य भुमिकाको लागि आँचल शर्मा छानिनुभएको छ । ‘बर एन्ड बधु’को फागुन अन्तिमबाट छायांकन हुँदैछ । निर्माण युनिट यसका लागि अहिले धमाधम कलाकार छनौटमा छ ।

विजय लामासँग काम गर्न सहज हुने र आफ्नै प्रोडक्सनको फिल्म जसरी सहयोग गर्ने भएकाले लगातार काम गर्दै आएको चाम्सले बताउनुभयो । यस्तै, ‘बर एन्ड बधु’ मा अभिनेता शिव श्रेष्ठ पनि मुख्य भुमिकामा हुनुहुनेछ ।

फिल्मका लागि आँचलको अपोजिटमा नायकको खोजी भइरहेको छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा आँचल ‘बधु’ को भूमिकामा देखिनुहुनेछ ।

Back to top button