प्रहरीले छाड्यो सामान्य सोधपुछ पछि निर्देशक थापालाई

काठमाडौं । नायक पल साह र गायीका समिक्षा अधिकारीको बिषयमा सोधपुछका लागि प्रहरी नियन्त्रणमा पर्नुभएका निर्देशक सुदर्शन थापालाई प्रहरीले छाडेको छ ।

‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको हो । पल समीक्षा केसको अनुसन्धानको क्रममा आज प्रहरीले थापालाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको थियो।

प्रहरीले थापालाई अनुसन्धानमा सहयोग गर्न र पलसँग सम्पर्क भए जानकारी दिन आग्रह गरेको बताइएको छ। पल सम्पर्कमा नआएपछि प्रहरीले उहाँ अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को टीमसँग सोधपुछ अगाडि बढाएको हो।

बुधबार गायीका अधिकारीले अभिनेता पल शाह विरुद्ध जबरजस्ती करणीको मुद्दामा उजुरी दिएपछि पल फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button