एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देही विभिन्न कार्यक्रममा व्यस्त हुने

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर रुपन्देही विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने भएको छ ।

आज बिहान ८ बजे रुपन्देहीको तिलोत्तमाले निर्माण गरेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । टावर ९ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै ११ बजे नेपाल भुपू सैनिक तथा प्रहरी संगठनको राष्ट्रिय सम्मेलन तिलोत्तमास्थित ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजे लुम्बिनीमा सभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको छ । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, युवा नेता खिमलाल भट्टराई लगायतका नेताहरूले पनि संवोधन गर्ने कार्यक्रम रहेको छ ।

Back to top button