उर्लाबारीमा एक ब्यक्तिको नग्न शव फेला

विराटनगर । मोरङको उर्लाबारीमा एकजना पुरुषको शव नग्न अवस्थामा फेला परेको छ । सडेको अवस्थामा रहेको शव शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उर्लाबारी नगरपालिका–५ स्थित सञ्जीव तामाङको निर्माणाधीन घरको ढलमुनि आज दिउँसो शव भेटिएको हो । शव उर्लाबारी–७ का अन्दाजी ४० वर्षीय ज्ञाने दर्जीको भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दर्जी ५ दिनदेखि बेपत्ता थिए । निवस्त्र अवस्थामा भेटिएको शव पोस्मार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

शरीरमा कुनै चोटपटक नरहे पनि घटना शङ्कास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान थालिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटना यकिन हुने उहाँले बताउनुभयो ।

Back to top button