श्रमदान कार्यक्रमका लागि पथरीशनिश्चरेका स्वास्थ्य प्रमुख आचार्यद्वारा आर्थिक सहयोग

पथरी शनिश्चरे । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २, ३ र ४ का १३ सय घरधुरीका लागि पानी ल्याउन चालिएको श्रमदान कार्यक्रमका लागि पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आर्थिक सहयोग गर्नुभएको छ ।

मिक्लाजुङ गाउँपालिकाकै वडा नं १ मा अवस्थित लावाखोलाबाट १३ किलोमिटर दक्षिण मिक्लाजुङसम्म पानी ल्याउनकालागि अहिले श्रमदान अभियान चलिरहेको छ ।

विहिवार स्वास्थ्य शाखा प्रमुख आचार्यले उक्त अभियानमा खटिने श्रमदातालाई नास्ताका लागि ११ हजार रुपैयाँ नगद श्रमदानस्थलमै पुगेर हस्तान्तरण गर्नुभएको छ ।

आचार्यले भन्नुभयो,‘हाम्रो बुबाहरुले थालनी गर्नुभएको अभियानलाई थोरै भएपनि सहयोग पुगोस् भन्ने हुतेले मैले सहयोग गरेको हुँ, आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।’

मिक्लाजुङमै जन्मिनुभएका आचार्य हाल पथरीशनिश्चरे नगरपालिकामा कार्यरत रहि विराटनगर बस्दै आउनुभएको छ । यहि क्षेत्रमा आफु जन्मिएको बताउँदै उहाँले यस स्थानमा पानी ल्याउनका लागि २०३७ सालमा आफ्ना पिताको अगुवाइमा पैनि गरेको पहल स्मरण गर्नुभयो । आचार्यले अभियानका सह–संयोजक उमेश निरौलालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम बुझ्दै सह संयोजक निरौलाले आफुहरुले वषौंदेखि पानीका लागि गरिरहेको संघर्षमा साथ दिएकोमा धन्यवाद दिनुभयो । लावाखोलाबाट मिक्लाजुङसम्म पानी ल्याउनका लागि २०३७ सालदेखि स्थानीय संघर्षरत छन् ।

हाल पानी ल्याउनका लागि स्थानीयले लावाखोला खानेपानि सरसफाई उपभोक्ता समिति बनाइ श्रमदान अभियान चाल्दैगएपछि गाउँपालिकाले १० लाख रुपैया सहयोग गरेको छ । भने समितिले सामाजिक सञ्जालबाट श्रमदान र अन्य सहयोगका लागि विभिन्न निकायहरुलाई आग्रह गरिरहेको छ ।

Back to top button