सोलुखुम्बुमा कांग्रेस र माओवादीका कार्यकर्ताबिच झडप, तीन जना घाइते

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा हिजो बेलुका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ। थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेमा हिजो चुनावी प्रचारप्रसारको क्रममा दुई पक्ष विच झडप भएको हो ।

झडपमा कांग्रेस वडा सभापति चुडा बहादुर बस्नेत, सचिव मिलन खत्री र दिपक सुनुवार घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

घाइते मध्ये मिलनको टाउकोमा, चुडा बहादुर र दिपकको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहले जानकारी दिनुभयो ।

घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेसका एक जना कार्यकर्ता र माओवादी केन्द्रका एक जना कार्यकर्ता विच भएको हात हालाहाल दुवै पक्षका कार्यकर्ताहरु मिसिएपछि सामूहिक झडपमा हुन पुगेको हो ।

Back to top button