प्रधानमन्त्री देउवाद्धारा इदको शुभकामनाः आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा मिलोस

काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै उहाँले धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्नुभएको छ । धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संम्वर्धन गर्नु सबैको साझा दायित्व रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

उहाँले राज्यले पनि यसको संरक्षण, विकास र प्रवर्धनको नीति लिएको उल्लेख गर्दै यस पर्वले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

Back to top button