अब सेयर बजार शुक्रबार पनि खुल्ने

काठमाडौं । साताको दुई दिन (शुक्रबार र शनिबार) बन्द हुँदै आएको नेपाली सेयर बजार अब शुक्रबार पनि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको हो।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले यसअघि शुक्रबार बन्द हुँदै आएको सेयरबजार सञ्चालनका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिईसकेका जानकारी दिनुभयो।

सरकारले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोही निर्णय अनुसार नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल गर्दै आएको थियो।

Back to top button