भारतले चिनी निर्यातमा सीमा तोक्यो

भारतले ६ वर्षमा पहिलो पटक चिनी निर्यातमा सीमा तोकेको छ। सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ।

घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन्।

यस्तै, १ जुनदेखि ३१ अक्टोबरसम्म विदेशमा कुनै पनि ढुवानीका लागि निर्यातकर्ताहरूलाई सरकारसँग अनुमति माग्न सरकारले जारी गरेको आदेशमा उल्लेख छ।

भारत संसारकै सबैभन्दा धेरै चिनी उत्पादन गर्ने देश हो। भारत ब्राजिपछिको दोस्रो ठूलो निर्यातकर्तासमेत हो।

Back to top button