थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप ६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ४ सय ११ जनामा गरिएको परीक्षणमा ६ जना संक्रमित भेटिएका हुन्।

आज १३ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय २ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा जम्मा २६ जना रहेका छन्।

मन्त्रालयको विवरणअनुसार हालसम्म देशभर ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाएका छन्।

Back to top button