पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर गरिएको २ हजार १ सय २० नमूनाको पीसीआर र १ हजार २ सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

जसमध्ये पीसीआरबाट ७ जनामा र एन्टीजेन विधिबाट २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आज कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो सहित हाल नेपालमा ९ लाख ६७ हजार १ सय ५४ जना निको भएका छन् । हाल १ सय ७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Back to top button