थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार २ सय ११ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमण पुष्टि भएको हो । आज १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

यस्तै, हाल देशभरमा १०२ जना सक्रिय संक्रमित रहेका छन् जसमा उपत्यकामा २६ जना सक्रिय संक्रमित रहेका छन्।

हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Back to top button