मेलौली नगरपालिका–१ का वडाध्यक्षसहित २ जना बलात्कार आरोपमा पक्राउ

बैतडी । २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

उजुरी दिएकै दिन पीडित महिलाको स्वास्थ्यपरीक्षण जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन् ।

Back to top button