सेढाईंको संकलनमा ‘क्रान्ति पुरुष : गिरिजा प्रसाद कोइराला ‘ पुस्तक विमोचन

विराटनगर : डा. मेदनी प्रसाद शर्माको संकलनमा ‘क्रान्ति पुरुष : गिरिजा प्रसाद कोइराला ‘ पुस्तकको विमोचन भएको छ। आज विराटनगरमा नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा पुस्तकको विमोचन सम्पन्न भएको हो।

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको गिरिजा प्रसाद कोइराला फाउन्डेसन कोशी प्रदेशको प्रकाशनमा प्रकाशित पुस्तकको विमोचन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र कोशी प्रदेशका प्रदेश सभा सदस्य लिलाबल्लब अधिकारीले संयुक्त रुपमा गर्नु भएको थियो।

गिरिजा प्रसाद कोइरालाको राजनीतिक जीवनको बिषयमा युवा पुस्तालाई जानकारी पुर्याउने उदेश्यसाथ फाउन्डेसनको अग्रसरतामा पुस्तकको प्रकाशन गरिएको फाउन्डेसनका कोशी प्रदेश प्रमुख राजेश गुप्ताले जानकारी दिनु भयो।

शर्माद्वारा संकलित पुस्तकमा कोइरालाको राजनीति तथा व्यक्तिगत जीवनसँग सम्बन्धित लेखहरुलाई समावेश गरिएको छ।

Back to top button