उपनिर्वाचन अपडेटः इलाममा २२ प्रतिशत मतदान

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा २२ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताउनुभयो ।

विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘कुनैमा १८–२० त कुनैमा २२–२४ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।’

इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ ।

इलाम–२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको हो ।

Back to top button