निजी क्षेत्रको मनोबल बढाउने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जनतामा आशा जगाउने गरि आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज काठमाडौंमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल बढाउने र जनतामा पनि आशा जगाउने गरि बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको हो ।

बजेटलाई परिणाममुखी बनाउनका लाथि प्राय सबै क्षेत्रसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । अर्थमन्त्री पुनले गत वर्षभन्दा मुलुकको अर्थतन्त्र केहि राम्रो भएपछि थप राम्रो बनाउनका लागि आशावादी ढंगले नै बजेट निर्माण भइरहेको धारणा राख्नुभयो ।

उहाँले निजी क्षेत्रको मनोवल घटेकोमा मनोबल उठाउने कुरालाई प्राथमिकता दिने र सम्पत्ति र व्यवसायको सुरक्षालाई सरकारबाट विश्वास दिलाउन प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारको नीतिबाट बाहिर राष्ट्र बैंक नहुने भन्दै नीति तथा कार्यक्रम ,बजेट र मौद्रीक नीतिमा एकरुपता ल्याउने बताउनुभयो ।

मन्त्री पुनले विद्युतीय सवारी साधानमा कर बढाउन दबाब आइरहेको र इभिका कारण ४० अर्ब गुमेपनि यसबारे अध्ययन गरेर देशका हितमा आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।

उहाँले केहि क्षेत्रमा रिफर्मको माग पनि आएको भन्दै केहि क्षेत्रलाई भने बजेटले विशेष प्राथमिकता दिने संकेत गर्नुभयो । मन्त्री पुनले आर्थिक गतिविधिलाई चलायमान गर्न नै सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।

Back to top button