एक बजेसम्म इलाममा ४० प्रतिशत मतदान

इलाम । इलाम–२ को उपचिर्वाचनमा दिँउसो १ बजेसम्म ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान खसेको हो ।

केही केन्द्रमा धेरै र केहीमा थोरै मत खसेको भन्दै घिमिरेले औसतमा ४० प्रतिशत मतदान भएको जानकारी दिनुभयो । बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो ।

इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् । इलाम–२ मा १ लाख १६ हजार ८ सय ८९ मतदाता छन् ।

Back to top button