थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज देशभरमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार १ सय २० जनामा गरिएको परीक्षणमा ५३ जना संक्रमित भेटिएका हुन्।

आज २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ सय ३३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा २ सय १५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ४ जना संक्रमित आइसियू र एकजना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।

Back to top button