काठमाडौं । साफ महिला च्याम्पियनसिपको प्रशिक्षणबाट ३५ जना खेलाडी छनौट भएका छन् । पहिलो चरणको प्रशिक्षणमा छानिएका ५८ खेलाडीबाट ३५ जना दोस्रो चरणमा छनोटमा परेका हुन् ।
२३ खेलाडी बाहिरिएका छन् । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा आयोजना हुँदैछ ।
को को भए छनौट ?
गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, कविता विक
डिफेण्डरः हिरा कुमारी भुजेल, सृजना सिंह, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुनम जर्घा मगर, पुजा राना, निशा थोकर, श्रृजना चेम्जोङ, बिमला बिक, समीक्षा घिमिरे
मिडफिल्डरः बिमला चौधरी, मन्जली कुमारी योन्जन, सविता रानामगर, प्रिति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हेमा चौधरी, कुसुम खतिवडा
फरवार्डः सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मी कुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी