गुल्मीमा एकिकृत समाजवादीलाई धक्का, जिल्ला ईन्चार्ज र अध्यक्षसहितका नेता एमालेमा प्रवेश

गुल्मी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं गुल्मी इन्चार्ज गणेश खनाल र जिल्ला कमिटी अध्यक्ष नरेश भण्डारीसहितका नेता कार्यकर्ता आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

आज तम्घासमा आयोजित कार्यक्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो । एमाले प्रवेश गर्दै नेताहरूले परिवर्तनको सम्भावना एमालेबाट मात्रै देखिएको प्रतिक्रिया दिनुभएको छ ।

जिल्ला अध्यक्ष र इन्चार्जले नै पार्टी छाडेपछि चुनावको मुखैमा समाजवादी गुल्मीलाई धक्का लागेको छ। गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाक्रीको उम्मेदवार हुने तयारी छ ।

झाक्री र गोकर्ण विष्टको निर्वाचन क्षेत्र एउटै हो।

Back to top button