सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट उमेदवार सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार सिफारिस हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो।

पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको छ। खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो।

यस्तै, प्रदेशसभा क र ख दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन–तीन जना सिफारिस भएका छन्। प्रदेशसभा क का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस हुनुभएको छ भने ख का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस हुनुभयो।

समानुपातिकमा प्रदेशसभा क तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ।

प्रदेशसभा ख तर्फ सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस हुनुभएको हो ।

Back to top button