थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ७२५ पिसिआर परिक्षणका क्रममा ४५ जना र १ हजार ६१ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप २१ संक्रमित कोरोनामुक्त भएका छन्। हाल नेपालमा ६ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Back to top button