दक्षिण कोरियामा एकैदिन ४३ हजार भन्दा बढीमा कोरोना संक्रमण

दक्षिण कोरियामा एकैदिन ४३ हजार २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो आँकडा हिजो मध्यरातसम्मको हो।

यो सँगै कुल संक्रमितको संख्या २ करोड ५७ लाख ६० हजार ७ सय १ पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

गत बुधबार संक्रमितको संख्या ४६ हजार ८ सय ९६ बाट कम भएर ४३ हजार ४ सय ४९ पुगेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले बताएको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ५३ जनाको मृत्युको छ।

हालसम्म दक्षिण कोरियामा कोरोनाबाट २९ हजार ३ सय १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

Back to top button